०६ बैशाख २०८२, शनिबार

फुङफुङेमा मंसिर ७ देखि महिला तथा पुरुष फुटबल प्रतियोगिता

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, कार्तिक २४, २०८१

ताप्लेजुङ – मिक्वाखोला गाउपालिकाको फुङफुङेमा मंसिर ७ देखि १० गतेसम्म पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ । दिउसो फुटबल प्रतियोगिता हुने स्थलमा बेलुकाभने साँगीतिक तथा सांस्कृतिक कार्यक्रम गर्ने आयोजकको तयारी छ ।
मिक्वाखोला ४ सावाको तेम्वा टोलमा हुने वडास्तरीय खुला महिला तथा पुरुष फुटबल प्रतियोगिता फुङफुङे झरना पर्यटन विकास समितिले आयोजना गरेको हो । अध्यक्ष विजय सावाका अनुसार यो अवधिमा मुख्य रुपमा झरनाको अवलोकन गराइने छ । फुटबल तर्फ प्रथम पुरस्कार १ लाख ११ हजार र द्वितीय ६१ हजार नगद सहित कप, मेडल राखिएको छ । सेभेन साइजको मैदान भएकाले एउटा टिमबाट ७ जनाले खेल्न पाउछन् । महिला तर्फ प्रथम ५१ र द्वितीय ३१ हजार पुरस्कार रहेको आयोजकले बताए ।
प्रतियोगिता सगै मेलाकोपनि आयोजना गरिएको छ । यो सम्पन्न गर्न २५ देखि २८ लाख खर्चहुने अनुमान गरिएको कोषाध्यक्ष सुकबहादुर सावा बताउछन् । मेलाकालागि गाउपालिकाले ४ लाख रुपैया बिनियोजन गरेको गाउपालिका अध्यक्ष भक्तबहादुर कार्की बताउछन् । फुङफुङे झरनाको प्रबर्द्धन गर्ने उद्देश्यले यहा २०४५ सालदेखि मेला लाग्दै आएको थियो । सशस्त्र द्वन्द्वको चरम अवस्था २०५८ सालदेखि आयोजकनै नभएर मेला बन्द भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066