०६ बैशाख २०८२, शनिबार

टिकटकका निर्माता वने चिनका सबैभन्दा धनी

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, कार्तिक २४, २०८१

काठमाडौँ — भिडियो सेयरिङ प्लाटफर्म, टिकटकको विश्वव्यापी लोकप्रियताले यसका निर्मातामध्ये एक जाङ यिमिङलाई चीनको सबैभन्दा धनी व्यक्ति बनाइदिएको छ । ४१ वर्षीय जाङ टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सका सहसंस्थापक हुन् । यो साता प्रख्यात हुरुन रिच लिस्ट (धनाढ्यको सूची) मा पूर्ववर्तीहरूलाई पछि पार्दै उनी पहिलो नम्बरमा आएका हुन् । जाङको सम्पत्ति ४९ अर्ब डलर पुगेको छ ।

उक्त्त रिसर्च इन्स्ट्युटका अनुसार सन् २०२३ यता जाङको कुल सम्पत्ति ४३ प्रतिशतले बढेको छ । सन् २०२१ मा बाइटडान्सको प्रमुख कार्यकारी पदबाट राजीनामा दिएको भए पनि उनीसँग कम्पनीको २० प्रतिशत सेयर स्वामित्व कायम छ ।

गत वर्ष बाइटडान्सको विश्वव्यापी कुल आम्दानी ३० प्रतिशतले बढेर ११० अर्ब डलर पुगेको थियो भने नाफा ६० प्रतिशत वृद्धि भएको बीबीसीले जनाएको छ । कम्पनीको बजार मूल्य करिब २२५ अर्ब डलर रहेको अनुमान गरिएको छ ।

सन् २०१७ मा टिकटक सार्वजनिक भएयता यो विश्वभर चर्चित बनेको छ । विशेषगरी युवा उमेरका मानिसहरूले अत्यधिक रुचाएको टिकटक युग चिनाउने सामाजिक सञ्जाल प्लाटफर्म बनेको सीएनएनको चित्रण छ । तथापी, चीन सरकारसँगको सम्बन्धका कारण यो एप विवादित पनि बन्दै आएको छ । विशेषगरी अमेरिकामा सम्भावित प्रतिबन्धका कारण यसले कानुनी संघर्षको सामाना गरिरहेको छ ।अमेरिकामा टिकटकका करिब २० करोड प्रयोगकर्ता छन् ।

‘जम्मा २६ वर्षमा चीनमा पहिलो नम्बरको सर्वाधिक धनी बन्ने जाङ १८ औं व्यक्ती हुन्,’ हुरुनका अध्यक्ष रूपर्ट हुगवेर्फले बीबीसीसँग भनेका छन्, ‘यो अवधिमा अमेरिकामा चारजना मात्रै सर्वाधिक धनीको सूचीमा पहिलो नम्बरमा आएका छन्- बिल गेट्स, वारेन बफेट, जेफ बेजस र इलन मस्क । यसले चिनियाँ अर्थतन्त्रको बहुआयामिकताको पनि संकेत गर्छ ।’

चिनियाँ धनाढ्यहरूको सूचीमा दोस्रो नम्बरमा रहेका जङ शानशानको कुल सम्पत्ति ४७ अर्ब डलर छ । यी ७० वर्षीय उद्यमीलाई ‘बोत्तलको पानीको बादशाह’ भनेर चिनिन्छ । तेस्रो धनी व्यक्ती चाहिँ बहुराष्ट्रिय प्रविधि कम्पनी टेन्सेन्टका संस्थापक पोनी मा रहेका छन् । टेन्सेन्ट म्यासेजिङ एवं पेमेन्ट प्रणाली विच्याटको प्यारेन्टी हो । पछिल्लो एक वर्षमा चीनमा अर्बपतीहरूको संख्या घटेर ७५३ जनामा सिमित भएको छ । चिनियाँ अर्थतन्त्र र पूँजी बजार अहिले कठिन समयबाट गुज्रिरहेको विश्लेषकहरूले बताउने गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066