०७ बैशाख २०८२, आइतबार

पाथीभरामा डिजिटल प्रविधिबाट भेटी चढाउन सकिने

Logo
Taplejung Press ताप्लेजुङ प्रेस मंगलबार, कार्तिक २७, २०८१

ताप्लेजुङ – पाथीभराका भक्तजनले डिजिटल डिजिटल प्रविधिबाट पनि भेटी चढाउन सक्ने भएका छन् । पाथीभरा क्षेत्र विकास समितिले भेटी दान खाताको क्युआर कोड तयार पारेको छ ।

लक्ष्मी सनराइज बैक ताप्लेजुङसंगको सहकार्यमा यस्तो व्यवस्था गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए । भक्तजनले चाहेको ठाउँबाटमन्दिरमै पुगेकाले यो प्रविधि प्रयोग गर्ने गरिको प्रबन्ध गरिएको हो ।

हाङवाङका अनुसार लक्ष्मी सनराईज बैंकमा क्षेत्र विकास समितिको भेटिपाति खाता सञ्चालनमा रहेको छ । क्यूआर कोडमार्फत दाताहरुले पठाएको रकम खातामा जम्मा हुने छ । ‘धेरैले नगदै चढाउने गर्नु भएको छ, कतिपयले क्युआर भए हुन्थ्यो भन्ने खाता नम्बर माङ्ने गर्नु भएको छ,’ हाङवाङले भने, ‘उहाहरुको सहजताकालागि यस्तो व्यवस्था गरिएको हो ।’

मन्दिर क्षेत्रमा पनि इन्टरनेट भएकाले त्यही पुगेका भक्तजनलाई पनि सहज हुने दावी हाङवाङको छ । लक्ष्मी सनराइज बैक ताप्लेजुङ शाखाका प्रबन्धक अनिल श्रेष्ठले मङ्गलबार समितिका पदाधिकारी तथा कार्यकारी निर्देशकलाई क्यूआर कोड हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066