०७ बैशाख २०८२, आइतबार

पाथीभराको काफ्लेपाटीदेखि फेदीसम्म डस्बिन वितरण

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, कार्तिक २९, २०८१

ताप्लेजुङ — फुङलिङ नगरपालिका-१० फुरुम्बुले पाथीभरा क्षेत्रको काफ्लेपाटीदेखि माथिल्लो फेदीसम्म फोहोर फाल्ने डस्बिन वितरण गरेको छ ।

७५ हजार मूल्य बराबरको ४४ वटा डस्बिन वितरण गरिएको वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिए । उनका अनुसार हरेक पसलको अगाडि देखिने गरी डस्बिन राखिएको छ । होटलमा उत्पादित फोहोर अनिवार्य त्यहाँ फाल्नु पर्ने र सुरक्षित व्यवस्थापन गर्नुपर्ने नियम बनाइएको छ ।

फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझा लगायतको उपस्थितिमा डस्बिन वितरण गरिएको हो । यहाँ शनिबार पाथीभरा क्षेत्र विकास समितिले बृहत् सरसफाइ कार्यक्रमको आयोजना पनि गरेको छ । पाथीभरा जाने तीर्थयात्रीले फाल्ने फोहोरलाई दृष्टिगत गरी डस्बिन बितरण गरिएको हो ।

पाथीभरामा वार्षिक तीन लाखसम्म तीर्थयात्री जाने गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066