
ताप्लेजुङ प्रेस
फुङलिङ नगरपालिकाका सव इञ्जिनियर अख्तर हुसेन पक्राउ परेपछि निमित्त इञ्जिनियरको जिम्मेवारी श्रीध्वज तेम्वेलाई दिइएको छ । आर्थिक वर्षको अन्त्यमा धमाधम वजेट निकासा दिने समयमा इञ्जिनियर पक्राउ परेपछि नगरपालिकाले तेम्वेलाई जिम्मेवारी दिएको हो ।
वजेट निकासा सहजताका लागि जिम्मेवारी प्रदान गरिएको नगरपालिका उपप्रमुख भिमादेवी ओझाले वताइन । अनुगमन गर्ने, निकासादिने पक्रिया अन्तिम चरणमा रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा पक्राउ गरिएका हुसैनलाई भने काठमाण्डौं पुर्याइएको छ । अख्तियारले अनुसन्धान सुरु गरेको जनाएको छ । अनुसन्धानपछि अदालत वुझाउने प्रावधान रहेको छ ।