०९ बैशाख २०८२, मंगलबार

कञ्चनजङ्घा सेसेलुङ गोल्डकप उद्घाटनमा आयोजक र तेह्रथुम खेल्ने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, मंसिर १०, २०८१

ताप्लेजुङ – आगामी मंसिर १५ गतेदेखि हुने दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ताप्लेजुङ र तेह्रथुम आमनेसामने हुने भएका छन् । चासोक तङ्नामको अवसरमा आयोजित प्रतियोगिताको खेल तालिका अनुसार आयोजकको तर्फबाट कञ्चनजङ्घा फुङलिङ क्लवले सन्दु फुटबल क्लब तेह्रथुमसग प्रतिस्पर्धा गर्ने छ ।

१६ गते डागीहाट फुटबल क्लब मोरङ र रेड डेभिड्स फुटबल क्लब इलामबीच प्रतिष्पर्धा हु“दा १७ गते गोधूली फुटबल क्लब धरान सुनसरी स“ग भारत सिलगढीको कञ्चनजङ्घा फुटबल क्लबले प्रतिष्पर्धा गर्ने छ । पहिलो चरणको अन्तिम खेल १८ गते न्यू स्टार क्लब बिर्तामोड झापा र पा“चथरको फिदिम स्पोर्टिङ क्लबबीच हुनेछ । १९ र २० गते सेमिफाइनल चरणका खेल हुने र २२ गते उपाधि भिडन्त हुने आयोजकले बताएका छन् । 

यस पटकको प्रतियोगितामा अधिकांश क्लबले ए डिभिजन खेलेका नेपाली र विदेशी खेलाडी ल्याउने तयारी गरेको आयोजक चासोक तङनाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबे बताउ“छन् । सेमिफाइनल सम्म दैनिक टिकटदर एक सय रुपैयाँ र फाइनलको दिन दुई सय रुपैया रहेको आयोजकले बताए । प्रतियोगिताका विजेताले तीन लाख र उपविजेताले एक लाख ५१ हजार रुपैया प्राप्त गर्नेछन् ।

कोषाध्यक्ष कुलदिप मादेनका अनुसार हरेकदिनको म्यान अफ द म्याच र समग्र प्रतियोगिताको विधागत पुरस्कारको व्यवस्था गरिएको छ । चासोक तङ्नामको अवसरमा फुटबल प्रतियोगितासँगै बिभिन्न सांस्कृतिक तथा साँगीतिक कार्यक्रम आयोजना गरिएको छ । समग्र कार्यक्रम सम्पन्न गर्न करिव ५४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता लगायतका कार्यक्रम भानुजन माविको मैदानमा हुनेछ । यसअघि भदौमा भएको ताप्लेजुङ गोल्डकपको लागि बनाइएको प्याराफिट यसमापनि प्रयोग गरिने भएको छ । यसले खर्चमा केही बचत हुने उपाध्यक्ष दिनेश लिङ्खिम बताए । प्याराफिट निर्माणमा गोल्डकप आयोजकलाई १२ लाख रुपैयाँ लागेको कोषध्यक्ष निरोज श्रेष्ठले बताए ।  

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066