
ताप्लेजुङ प्रेस
हरेक वर्षको एसइइ परिक्षामा प्रतिष्पर्धि विद्यालयले लिटलबुद्ध आवासिय माध्यमिक विद्यालयको नतिजा जान्न चाहन्छन । किनकी यो उत्कृष्ट अंकको दावेवार बिद्यालयको रुपमा रहेको छ ।
यो वर्षको एसइइमा यसै विद्यालयकी सिक्कुम लिम्वूले ३.९१ जिपिए प्राप्त गरिन र जिल्लाकै उत्कृष्ट विद्यार्थीको सूचीमा नाम लेखाइन । बिद्यालयले गरेको दावी अनुसार पा“चथर, इलामको भन्दा राम्रो नतिजा सिक्कुमले प्राप्त गरेकी हुन् ।
आफ्नो विद्यार्थीले उत्कृष्ट अंक ल्याउदा प्रधानाध्यापक युवराज गिरी जती उत्साहि भए एकै शिक्षकले पढाएका बिद्यार्थी अनुतीर्ण हु“दा पीडापनि तेत्तीकै छ । झापाको दमकदेखि निजी बिद्यालय सञ्चालनको अनुभव भएका गिरी अनुतीर्णको अनुभव भने पहिलो भएको दावी गछर्न । सामान्यतया निजी विद्यालयमा पढाएपछि छोराछोरी अनुतीर्ण हु“दैनन भन्ने चाहना अभिभावकले राख्ने गरेका छन । तर सतप्रतिशत विद्यार्थी उर्तिण गराउन नसकेका गिरी एउटै शिक्षकले पढाएकाले विद्यार्थीको क्षमता र अभिभावकको लगानीमापनि भर पर्ने दावी गछर्न ।