ताप्लेजुङ – आठवर्ष देखि स्वकीय सचिवको जिम्मेवारीमा रहेका प्रेम गुरागाँई प्रतिनिधि सभाका सांसद एवं एमाले सचिव योगेश भट्टराईको स्वकीय सचिवको जिम्मेवारीबाट बाहिरिएका छन् । पुष १ गतेबाट लागू हुनेगरि बाहिरिएको गुरागाइले जानकारी दिए ।
भट्टराईले फुङलिङ नगरपालिका ९ हाङदेवाका सन्तोष मादेनलाई नियुक्त गरेका छन् । भट्टराई पर्यटन मन्त्री हुँदा गुरागाइँ मादेन र डन्डु शेर्पा सचिवालय सचिवको भूमिकामा थिए । त्यस बखत एमाले र माओवादी मिलेर नेकपा बनेकाले एमाले र माओवादीलाई सम्बोधन हुनेगरि मादेन र शेर्पालाई समेत राखेका थिए ।
सरकारले अहिले स्वकीय पाउने तलब भत्ता सम्बन्धित व्यक्तिकै खातामा हाल्ने गरेको छ । भट्टराईले पहिलो पटक प्रतिनिधिसभाको सांसद जितेपछि गुरागाइँलाई नियुक्त गरेका थिए ।