१३ पुष २०८१, आइतबार

ताप्लेजुङ अस्पताल विकास समितिमा काँग्रेस र एमालेका चार सदस्य नियुक्त

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बुधबार, पुष ०२, २०८१

ताप्लेजुङ – कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले अस्पताल विकास समिति ताप्लेजुङमा चार जना सदस्य नियुक्त गरेका छन् । काँग्रेस र एमालेका दुईदुई जनालाई सदस्यमा नियुक्त गरेका हुन ।

काँग्रेस जिल्ला कार्य समितिका सचिव सञ्जय (गणेश वावु) निरौला, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य रहेका विश्व नाल्बु, एमालेबाट यीगेन्द्र गुरुङ र दिलु पतंवा लिम्बूलाई नियुक्त गरिएको मन्त्री राईले जानकारी दिए ।

गुरुङ र पतंवा पहिला जिल्ला कमिटी सदस्य भएका र अहिले सकृय कार्यकर्ताको रुपमा रहेको एमाले जिल्ला कमिटी उपसचिव गोपाल न्यौपानेले बताए ।

काङ्ग्रेसले सञ्जय र विश्व सहित अञ्जना कडरियाको नाम सिफारिस गरेको थियो । एक जना सदस्य अझै नियुक्त गर्न बाँकी रहेको मन्त्री राईले बताए ।

अस्पताल विकास समितिको संयोजक भने जिल्ला समन्वय समितिको प्रमुख रहने प्रावधान छ । उद्योग वाणिज्य सङ्घ, रेडक्रसका प्रतिनिधि सदस्य र जिल्ला अस्पतालका प्रमुख डाक्टर अस्पताल विकास समितिको सदस्य सचिव हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066