

ताप्लेजुङ – चिसो मौसम सुरु हुने मंसिर महिनामा पनि पाथीभरामा २१ हजार तीर्थयात्री पुगेको पाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले मङ्गलवार सार्वजनिक गरेको भेटी विवरण अनुसार २१ हजार १ सय ८० जनाले पाथीभरा दर्शन गरेको पाइएको हो ।
यो महिना ४१ लाख १७ हजार रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए । सङ्कलित भेटी रकम नेपाल बैँक लिमिटेडमा जम्मा गरिएको उल्लेख छ ।
पाथीभरामा तीर्थयात्रीले चढाएको भेटी रकम प्रहरीको रोहबरमा कर्मचारीले सङ्कलन गछर्न । सङ्कलित भेटी लाहाछाप लगाइन्छ र हरेकदिन माथिल्लो फेदी प्रहरी चौकीमा ल्याएर बाकसमा राखिन्छ । त्यहा“को चाबी कर्मचारी र प्रहरीस“ग हुन्छ । यसरी राखिएको भेटी सदरमुकाम फुङलिङमा ल्याएर गणना हुन्छ ।
गणनास्थलमा सिसि क्यामरा जडान गरिएको छ । हरेकदिन एकजना प्रहरीपनि गणनास्थलमा राख्ने गरिएको छ । गणनापछि बैङ्कमा जम्मागर्ने र विवरण सार्वजनिक गर्ने प्रचलन रहेको छ ।