

ताप्लेजुङ – मेरिङदेन गाउपालिका ३ दोभानमा पुसे मेलाको अवसरमा आयोजित अन्तर जिल्ला आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।
शुक्रबार पहिलो सेमिफाइनल खेल मुकेश मेमोरियल क्लब ताप्लेजुङ र पाथीभरा टाइगर क्लब झापाबीच हुनेछ । खेल बिहान ८ बजे हुने आयोजकले बताएका छन् । दोश्रो सेमिफाइनल सभापोखरी भलिबल क्लब सङखुवासभा र भोजपुर भलिबल टिमबीच हुनेछ । शुक्रवार बिहान १० बजेदेखि दोश्रो खेल हुने आयोजकले बताएका छन् ।
विहीबार सम्पन्न प्रतियोगितामा झापाले भोजपुरलाई २५–१९, २५–२३ र २५–२१ ले पराजित गर्यो । यद्यपि पहिलो सेट भने झापा २५–२२ ले पराजित भएको थियो । तर दोश्रो, तेश्रो र चौथो सेट झापाले सानदार जित दर्ता गर्यो । यसैगरी नाम्चे भलिबल क्लब सिक्किमले हिमाली तोक्पेगोला युथ क्लब पापुङलाई २६–२४,२५–१८ र २५–२२ ले पराजित गर्यो । नाम्चेले तेश्रो सेट २५–१६ ले गुमाएको थियो । यसैगरी सभापोखरी भलिबल क्लब सङ्खुवासभाको पा“चथर भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्यो । २५–१८, २५–२० र २५–१८ को सेटमा पराजित गरेको हो ।
प्रथम हुनेले नगद ३ लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छनभने द्वितीयले टिमलाई १ लाख ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनलबाट बाहिरिने दुई टिमलाई सान्त्वना पुरस्कार स्वरूप नगद ५० हजारका दरले प्रदान गरिने आयोजकले बताएका छन् । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको हो ।