

पॉचथर :: जिल्ला समन्वय समिति पॉचथरको परिसरमा निर्मित ब्याडमिन्टन हल उद्घाटन कार्यक्रम तय गरिएको थियो । कार्यक्रममा प्रमूख अतिथिका रुपमा निम्त्याइएका थिए प्रतिनिधि सभा सांसद वसन्तकुमार नेम्वाङ ।
२०८० साल माघ १८ गते ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रममा सहभागी हुन गएका बेला अचानक ब्रेन स्टक भएर उपचारका क्रममा रहेका नेम्वाङ १० महिना पछि मंगलबार औपचारिक कार्यक्रममा उपस्थित हुदै थिए । त्यहि भएर कार्यक्रम स्थलमा उपस्थित जिल्लावासी हर्सित देखिन्थे ।
बिहान १० बजे नेम्बाङ चढेको गाडी कार्यक्रम स्थल आइपुग्यो ।
गाडीबाट ओरालेर नेम्वाङलाई प्रमूख अतिथिको साफामा लगेर राखियो । औपचारिक कार्यक्रम शुरु भयो । हलको भित्तामा राखिएको सिलालेखको पर्दा खोल्दै भवन उद्घाटन गरियो । ढोकामा टॉगिएको रिबन नेम्वाङले श्रीमतीको सहयोग लिएर काटे ।
लट्ठीको सहारामा हल भित्र प्रवेश गरे । कोर्ट हेरे विस्तारै बाहिर ल्याएर प्रमूख अतिथिकै कुर्सीमा राखियो । त्यसपछि जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएर उपाधी जितेका खेलाडी पविन्द्र योक्पाङदेनलाई नेम्वाङकै हातबाट कदर पत्र दिलाइयो । अबको पालो प्रमूख अतिथि बोल्ने थियो । नेम्वाङ बोल्न नसक्ने अवस्थामा रहेकार्ले पत्नी भूमिका शुब्बालाई मन्तव्यका लागि बोलाइयो ।
भूमिका स्टेचमा पुगेर वसन्तको ब्याडमिन्टन खेल प्रतिको लगावस‘गै खेलकुद विकासका लागि निर्वाह गरेको भूमिका बारेमा बोल्ने थालिन । पत्नीलाई हेरिरहेका नेम्वाङको आँखाबाट अश्रुधारा बग्न थाले । उनी एकाएक भावुक भए । स्वकीय सचिव गणेश योङहाङ र फिदिम १ का वडाध्यक्ष गजाधर भट्टराईले सम्हाल्न खोजे तर सम्हालिन गाह«ो भयो । दुई तीन पटक प्रयास गर्दा एक घुट्की चिया पिए ।
जिल्लाबाट प्रतिनिधित्व गर्ने एक मात्रै प्रतिनिधि सभा सांसद नेम्वाङलाई यो अवस्थामा देख्दा उपस्थित सबैका ऑखा रसाए,कोहि भक्कानिए,कोहि ऑशु पुछ्न थाले । कार्यक्रम स्थलमा एकाएक सन्नाटा छायो । ब्रेन स्टकको उपचार गराइरहेका नेम्वाङको बोली २०८० माघ १८गते देखि बन्द भएको छ । यद्वपी उनी कान राम्ररी सुन्छन,मान्छे चिन्छन अनि आफुलाई केहि भन्न मन लाग्दा इसारा गर्छन ।
नेम्वाङ काठमाण्डौ र भारतका विभिन्न अस्पतालमा उपचार पछि २ साता अघि गृह जिल्ला पॉचथर आइपुगेका हुन । उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका समयमा २०७६ साल असार ३ गतेदेखि जिल्ला समन्वय समिति पॉचथरको स्वामित्वमा रहेको ब्याडमिन्टन कवर्ड हलको पुनःनिर्माण थालिएको थियो ।
गत बैशाख १५ गते निर्माण कार्य सकिएपनि उद्घाटन भने भएको थिएन । कभर्ड हलको पुनःनिर्माणको अगुवाई गरेका नेम्वाङबाटै उद्घाटन गर्न १८ महिनासम्म थॉती राखिएको ब्याडमिन्टन संघका सचिव मंगल बेघाले बताए ।
ब्याडमिन्टन खेलाडी समेत रहेका नेम्बाङ पॉचथरमा यो खेललाई प्रवेश गराएर संस्थागत गर्ने अनि युवा पुस्तालाई खेल्न प्रेरित गर्ने पहिलो ब्यक्ति हुन ।
नेम्बाङ मन्त्री बनेपछि उनकै पहलमा संघीय सरकारले हल पुनःनिर्माणका लागि १ करोड २८ लाख ९१ हजार बजेट ब्यवस्था गरेको थियो ।
नेम्वाङले गरेको परिकल्पना अनुसार बनाइएको नयॉ हलमा ब्याडमिन्टन खेलाउन नपॉउदा दुःख लागेको ब्याडमिन्टन संघ पॉचथरका अध्यक्ष तेजबहादुर तुम्बापोको प्रतिकृया थियो ।
नेम्वाङ पॉचथरबाट २०४८,२०५१,२०७४ र २०७९ सालमा निरन्तर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । संघीय निर्वाचन तर्फ एक सिट मात्रै रहेको पॉचथरका सांसद नेम्वाङ बिरामी भएपछि सिंगो जिल्ला आवाज विहिन भएको कार्यक्रमा उपस्थित जिल्ला समन्वय समिति पॉचथरका प्रमूख रामराज आङदेम्बेको टिप्पणी थियो ।