१३ पुष २०८१, आइतबार

तेह्रथुममा टिकटक बनाउने क्रममा खोंचमा खस्दा शिक्षिका र छात्राको निधन

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, पुष ०५, २०८१

तेह्रथुम — टिकटक वनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको शनिबार अपराह्न मृत्यु भएको छ ।

स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले बताइन् ।

शनिबारको बिदा पारी साथीहरुसँग शिक्षीका र विद्यार्थी विद्यालयको दक्षिणतर्फ रहेको खोरुङ्गा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा अपराह्न टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिए । मृतकको शवखोंचबाट निकालेर खोला बगरमा ल्याइएको प्रहरी नायव उपरीक्षक तामाङले जानकारी दिइन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066