१३ पुष २०८१, आइतबार

कञ्चनजंघा साहसिक म्याराथन वैशाखमा

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, पुष ०७, २०८१

काठमाडौँ — ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले आउँदो वैशाखमा विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा जाने पदमार्गमा ‘कञ्चनजंघा साहसिक म्याराथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

वैशाख १५ गते झण्डै ४५०० मिटरको उचाइमा सो प्रतियोगिता आयोजना गरिन लागेको गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले बताए । म्याराथन प्रतियोगिताका लागि नयाँ झोडेनी र मछेवाबीचको दूरी कायम गरिएको छ ।

संघीय सरकारसँगको साझेदारीमा सिरिजंघा गाउँपालिकाले निर्माण गरिरहेको कञ्चनजंघा साहसिक पदमार्गमा पर्ने यी स्थान कञ्चनजंघा हिमश्रृंखला हेर्नका लागि सबैभन्दा उत्तम ‘भ्यू पोइन्ट’ मानिन्छन् । झण्डे डाँडाबाट मकालुदेखि कञ्चनजंघासम्मको लामो हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

चौंरी, याकजस्ता हिमाली जनावर, लालीगुराँस र चिमालले छपक्क छोपेको पहाड, पहाडको शीरमा सेताम्मे हिमाल, हिमाली धुपी र सल्लाको अनुपम सौन्दर्यले पर्यटकलाई सहजै लोभ्याउने आयोजकको दाबी छ ।सिरिजंघा गाउँपालिकाले उक्त म्याराथन प्रतियोगिताको माध्यमबाट कञ्चनजंघा साहसिक पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक पर्यटन प्रवर्दन गर्ने लक्ष्य राखेको उपाध्यक्ष माबोले बताए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066