१३ पुष २०८१, आइतबार

ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि नयाँ कार्यसमिति

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, पुष ०८, २०८१

ताप्लेजुङ — तेस्रो संस्करणको ‘ताप्लेजुङ गोल्डकप’ सञ्चालनका लागि आयोजक संस्था ‘लाखे जात्रा सञ्चालन समिति’को नयाँ कार्य समिति चयन भएको छ । दुईवटा खेल सञ्चालन गरेका देवराज गुरुङले छोडेपछि सागर मादेनको नेतृत्वमा कार्य समिति चयन गरेको हो ।

उपाध्यक्षमा अशोक थेबे र हर्कराज सुनुवार, सचिवमा टिकेन्द्र नेपाली सहसचिवमा डिल्ली गुरुङ र कोषाध्यक्षमा दावा शेर्पा चयन भएको मादेनले जानकारी दिए । उत्सव साँवा, दिपेश खवास, जित थेवे, सन्तोष गुरुङ, जीवन इवाराम, पूर्ण गुरुङ, कमल लेछर्वो, गीता पालुङ्वा र लाक्पा शेर्पा चयन भएका छन् ।

लाखेजात्राको अवसरमा सञ्चालित फुटबल कोरोना संक्रमणका कारण २०७७ देखि ७९ सम्म स्थगित भएको थियो । ०२९ सालदेखि सुरु भएको प्रतियोगिता कञ्चनजंगा, पाथीभरा गोल्डकपलगायत विभिन्न नामबाट चलेको थियो । ०८० सालमा भने ११ दिनको तयारीमा ताप्लेजुङ गोल्डकपको नामबाट फेरि सुरु भएको हो । यसको नेतृत्व गुरुङले गरेका थिए ।

२०६४ सालदेखि भने जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भई लाखेजात्राको अवसरमा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066