ताप्लेजुङ – नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको सचिवमा युवराज गिरी चयन भएका छन् । सचिव डिल्लीरमण पौडेलले छ महिना अघि दिएको राजिनामा स्वीकृत गर्दै सभापति राजकुमार गुरुङले नेत्रज्योति सङ्घको विधान अनुसार गिरीलाई चयन गरेका हुन् ।
गिरी यसअघि सहसचिवको जिम्मेवारीमा थिए । सहसचिवमा भने कार्य समिति सदस्य कुमार श्रेष्ठलाई चयन गरिएको सभापति गुरुङले बताए ।
अधिवेशनबाट चयन भएका पौडेलले राजिनामा दिएपछि सभापति गुरुङ र कार्य समितिले पुनर्विचारको लागि आग्रह गरेको तर उहाले फर्कने चाहना नदेखाएपछि रिक्त पद पूर्ति गरिएको बताएका छन् ।