ताप्लेजुङ – माघेनी मेलाको अवसरमा आयोजित पुरुष फुटबल प्रतियोगिताका विजेताले १ लाख ११ हजार पाउने भएका छन् ।
आठराई त्रिवेणी गाउँपालिका ४ चागेमा पुस २५ देखि सुरु भएर माघ १ गते सकिने प्रतियोगिताका उपविजेतालाई ५५ हजार प्रदान गरिने छ ।
परम्परादेखि लाग्दै आएको माघे मेलालाई निरन्तरता दिने उद्देश्यले आयोजित कार्यक्रममा रचना रिमाल, सविना योङहाङ, कञ्चन थलङ, खगेन्द्र याक्सो, लीला राई लगायतका कलाकारले साङ्गीतिक साँझ प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक संस्था आपपानी युवा क्लबका सल्लाहकार उदय आङ्बुहाङले बताए ।
खेलकुद र साङ्गीतिक कार्यक्रमको समिश्रणमा मेला सञ्चालन गर्न लागिएको हो । जिल्ला खेलकुद विकास समितिमा दर्ता भएका क्लवहरुविच प्रतियोगिता सञ्चालन गर्ने आयोजकले बताएका छन् ।
आँपपानी युवा क्लबले सदरमुकाम फुङ्लिङमा शनिबार पत्रकार सम्मेलन गर्दै मौलिक संस्कार संस्कृतिलाई उजागर गर्ने प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने क्लबका अध्यक्ष प्रेमबहादुर लिम्बूले जानकारी दिए ।
आठराईत्रिबेणी गाउँपालिका ४ चा“गेको नेसुममा प्रतियोगिता सञ्चालन गरिने छ ।