ताप्लेजुङ – यस वर्षको सङ्घीय मेलाको आकर्षक गायक प्रमोद खरेल हुने भएका छन् । सिरिजङ्गा गाउपालिका आम्बेगुदिन खाम्दिमे बजारमा हुने मेला पुस १६ देखि १८ गतेसम्म लाग्दैछ । मेलाको तयारी तीब्र पारिएको आयोजकले बताएका छन् ।
आयोजक सङ्घीय खेलकुद तथा सांस्कृतिक युवा क्लबले शनिबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै मेलाको जानकारी गराएको हो । क्लबका अध्यक्ष उमेश अधिकारीका अनुसार मेलामा गायक खरेल, कुशल थलङ, दीपा सुहाङ, प्रीतिका बेघा लगायतको साङ्गीतिक प्रस्तुति रहने छ । प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमपनि आयोजना गरिएको अधिकारीले बताए । क्लबका सचिव जलन माङ्मुका अनुसार दर्शकले टिकट काट्नु पर्ने छैन ।
पुस १५ देखि १९ गतेसम्म हुने भलिवल प्रतियोगिता गाविसको झल्कोदिने गरिको हुनेछ । ताप्लेजुङ, पाचथर र तेह्रथुमका साविक गाविसलाई प्रतियोगितामा निम्त्याइएको छ । भलिबल प्रतियोगिताका विजेताले ८१ हजार र उपविजेतालाई ४१ हजार रुपैंया नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिए । भलिबल प्रतियोगिता, साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न ११ लाख रुपैंया खर्च हुने अनुमान आयोजकको छ ।
खाम्दिमेमा १६ वर्षदेखि सङ्घीय मेला लाग्दै आएको छ । देश सङ्घीय संरचनामा गएसँगै मेलाको सुरुवात भएको क्लबका सल्लाहकार रक्की थेबे बताउ“छन् । स्थानीय उत्पादनको व्यापार प्रबद्र्धन साथै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले मेला आयोजना गर्ने गरिएको आयोजक बताउ“छन । मेला हेर्न ताप्लेजुङ, पा“चथर र तेह्रथुम समेतका गरि १५ हजार वढी आउने आयोजकको दावी छ ।