ताप्लेजुङ प्रेश । नेपाल शिक्षक महासंघ ताप्लेजुङका अध्यक्ष एबं सिनाम माध्यमिक बिद्यालयका प्रधानाध्यापक महेन्द्र प्रकाश गौतमले राज्यको बदलिइरहने नीतिका कारण एसइइको नतिजामा असर परेको वताएका छन ।
एसइइको नतिजामा कहा चुके सामुदायिक विद्यालय भन्ने छलफल कार्यक्रममा गौतमले हरेक वर्ष परिवर्तन हुने नीतिले गर्दापनि नतिजा विग्रीएको दावी गरे ।
पहिला ३२ ले पास हुन्थ्यो अहिले ३५ भयो । अहिले दई विषयमा चान्स पाएका समेत गरी ६० प्रतिशत नतिजा आएको छ । यो ताप्लेजुङको हकमा राम्रै नतिजा हो । गौतमले भने ‘काठमाण्डौंका ठुलठुला स्कुलको रिजल्टपनि यही आएको छ’ ।
समग्रमा गतवर्ष पनि हाम्रा नतिजाहरु यस्तै हुन् । चान्स परिक्षा पाउनेमध्ये एक वा दुई विषयसम्म लगाउने बिद्यार्थीको संख्या अधिक रहेको वताउ“दै गौतमले यो नतिजामा हामी (शिक्षकहरु) दोसि छैनौं भन्ने चांही नभएको वताए ।
महामारिनै चल्योभने एउटा मात्रै अछुतो नहुने र यतिवेला सवैले सचेतना अपनाउनु पर्ने उनले वताए ।