ताप्लेजुङ – तमु ल्होसार पर्व २०८१ को अवसरमा आयोजित स्वर्गीय पदमबहादुर गुरुङ स्मृति फुटबल प्रतियोगितामा साथीभाइ युवा समूह र सङ्घर्ष स्पोर्टिङ क्लब ताप्लेजुङबीच उपाधि भिडन्त हुने भएको छ ।
सदरमुकाम फुङ्लिङबजार बतासेमा सञ्चालित प्रतियोगितामा साथीभाइले ताप्लेजुङ स्पोर्टिङ क्लब र सङ्घर्षले लिङखिम स्पोर्टिङ क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । साथीभाईले २–० र सङ्घर्षले ३–० ले पराजित गरेका थिए । प्रतियोगिताको फाइनल तमु ल्होसारको दिन मध्यान्ह गर्ने आयोजकले बताएका छन् ।
विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५१ हजार प्राप्त गर्नेछन् । गत बर्स दिवङ्गत भएका पदम बहादुरका परिवारको सहयोगमा ताप्लेजुङ स्पोर्टिङ क्लबले प्रतियोगिता सञ्चालन गरेको हो । ल्होसारको अवसर पारेर यसको समापन हुने आयोजक सुर्य गुरुङले जानकारी दिए ।