१९ पुष २०८१, शनिबार

सहमतिकालागि पाथीभरा क्याम्पसको मनोनयन १८ गतेलाई सर्यो

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, पुष १५, २०८१

ताप्लेजुङ – पाथीभरा बहुमुखी क्याम्पस सञ्चालन समिति गठनकालागि मनोनयन दर्ताको समय दुई दिनलाई सारिएको छ । पुस १६ गते (मंगलबार) मनोनयन गर्ने र पुस २० गते निर्वाचन गर्ने कार्यसूची रहेको थियो ।
वर्तमान सञ्चालक समितिले सहमतिकालागि १८ गतेसम्मको समयावधि मागेकाले दुई दिनलाई सारिएको निर्वाचन समितिका सदस्य सचिव एवं क्याम्पस प्रमुख सजन पौडेलले बताए । क्याम्पस सञ्चाला समितिमा अध्यक्ष सहित ७ जना सदस्य निर्वाचन मार्फत छनौट हुन्छन् । जसमा महिला, अक्षयकोष दाता, चन्दादाता, खुला सदस्य रहेका छन् ।
जिल्ला समन्वय समिति प्रमुख, नगरप्रमुख, क्याम्पस प्रमुख, प्राध्यापक सङ्घ सभापति, क्याम्पस रहेको वडाको वडाध्यक्ष, स्ववियु सभापति, त्रिवि प्रतिनिधि गरी ७ जना पदेन सदस्य हुन्छन् । निर्वाचित अध्यक्षले एक महिला सहित तीनजना मनोनित गर्नपाउने प्रावधान रहेको क्याम्पस प्रमुख पौडेलले बताए ।
क्याम्पस सभाका सदस्यभने अहिलेका लागि ३६ जना हुने प्रावधान छ । जिल्लाका प्रतिनिधि सभाका सांसद, प्रदेश सभाका सांसद, क्याम्पस पूर्व सञ्चालक समितिका अध्यक्षहरू, पूर्व क्याम्पस प्रमुखहरू एक पटकका लागि बहालवाला सञ्चालक समितिका सदस्य मतदाता हुने प्रावधान छ । २० गते क्याम्पसको तर्फबाट प्रतिवेदन पेश गर्ने त्यसमा छलफल गर्ने र निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यसूची रहेको पौडेलले बताए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066