ताप्लेजुङ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा दिलकुमार फेम्बो लिम्बू चयन भएका छन् । छैटौं जिल्ला अधिवेशनले लिम्बू नेतृत्वको कार्य समितिलाई लाई सर्वसम्मत चयन गरेको हो । लिम्बू रासस संवाददाताको रुपमा कार्यरत छन् ।
उपाध्यक्षमा उदय खुदाङ, सचिवमा मनमाया (मनु) मावो लिम्बू, सहसचिवमा रञ्जना गुरुङ र कोषाध्यक्षमा शंकर शेर्पा चयन भएका छन् । सदस्यमा बसन्त लाबुङ लिम्बू, दाखण्डु शेर्पा, तुलसी राई र फुर्वा शेर्पा रहेको निर्बाचन समितिले जनाएको छ । संघीय प्रतिनिधिमा माला पालुङ्वा, दिनेश लिङखिम र तेञ्जिङ शेर्पा चयन भएका छन्भने प्रादेशिक प्रतिनिधिमा कृष्ण फुरुम्बो लिम्बू, गंगा लिङखिम, सहारा लङ्वा, सूर्यप्रसाद लिम्बू (आलोक) र सूर्य गुरुङ चयन भएका छन् ।
फोनिजका केन्द्रीय लेखा आयोग समिति संयोजक चन्द्र पन्दाक (प्रयास) ले उद्घाटन गरेको कार्यक्रममा फोनिजका केन्द्रीय अनुशासन आयोग सदस्य तथा पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा लगायतले शुभकामना दिएका थिए । यस अघिका दुई कार्यकाल दिनेश लिङखिम लिम्बूको नेतृत्वमा चलेको थियो ।