०९ बैशाख २०८२, मंगलबार

संविधान सभा सदस्य एवं एमाले अध्यक्ष तुम्बाहाम्फे अस्वस्थ्य

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, माघ ०७, २०८१

ताप्लेजुङ – संविधानसभा सदस्य एबं नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङका अध्यक्ष डम्वरध्वज तुम्वाहाम्फे अस्वस्थ्य भएका छन् । पुस २९ गते विरामी भएपछि उपचारकालागि काठमाण्डौंका अस्पतालमा पुगेका तुम्वाहाम्फेको अहिले दाहीने पाटो नचल्ने भएपछि थेरापी गराएर घरमै आराम गरिरहेका छन् ।
अस्पतालबाट घर फर्किएका तुम्वाहाम्फेले शरीरको दाहिने पाटो नचलेपछि घरमै थेरापी गर्न थालेको बताए । ‘२९ गते शरीर नचल्ला जस्तो भएपछि अस्पताल गए,’ तुम्वाहाम्फेले फोनमा भने, ‘अस्पतालमा उपचार गराउने क्रममा अरू त ठिक हुदै गयो, दाहिने पाटोचाही चलेको छैन ।’ प्यारालाइसको संकेत देखिएको उनले बताए ।
‘अहिले मलाई स्वास्थ्यले राम्रो साथ दिएको छैन,’ उनले थपे, ‘डाक्टरको सल्लाह अनुसारनै थेरापी गराइरहेके छु ।’ ताप्लेजुङ निर्वाचन क्षेत्र २ बाट दुई पटक संविधानसभा सदस्यमा निर्वाचित तुम्बाहाम्फे गत बैशाख २५ गते एमालेको जिल्ला अधिबेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । पार्टी चलाएर जिल्लामै बसेका उनी अस्वस्थ्य भएपछि काठमाण्डौ गएको जिल्ला कमिटी सचिव सन्तोष चाम्लिङले बताए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066