०४ बैशाख २०८२, बिहिबार

नेकपा एसको जिल्ला अधिवेशन चैत १५ र १६ गते

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, माघ ०७, २०८१

ताप्लेजुङ – नेकपा एस ताप्लेजुङले दशौं जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते गर्ने भएको छ । जिल्ला कमिटीको १७ औं बैठकले हालको कमिटीलाई जिल्ला अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको सचिव मोहन न्यौपानेले जानकारी दिए ।
विभाजन पछि पहिलो पटक हुन लागेको अधिवेशनले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव र तीन उप सचिव सहित सातजना पदाधिकारी चयन गर्नेछ । भूगोल र पालिका समेतबाट एक तिहाइ महिला अनिवार्य समावेश हुनेगरी सदस्यहरू निर्वाचित हुने  नेपाल दलित मुक्ती संगठनका केन्द्रीय सदस्य नेत्र नेपालीले जानकारी दिए ।
प्रत्येक गाउ“पालिकाबाट एक महिला सहित पा“च र नगरपालिकाबाट सातजना चयन हुने वैधानिक व्यवस्था रहेको उनले बताए । संगठित सदस्यबाट चयन प्रतिनिधिले जिल्ला नेतृत्व चयन गर्ने प्रावधान रहेको छ । ‘अहिले अधिवेशनको मिति मात्रै तय भयो,’ नेपालीले भने, ‘अव कति संगठित सदस्यवाट कतीजना प्रतिनिधि छान्ने भन्ने निर्णय अधिवेशन आयोजक समितिले गर्छ ।’
नेकपा एसले जिल्लाको संगठित सदस्य सङ्ख्या खुलाएको छैन । जिल्ला इन्चार्ज खेम वनेम, सह इन्चार्ज निता सिवा र जिल्ला अध्यक्ष छिरिङ लामा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066