०९ बैशाख २०८२, मंगलबार

बन्दमा दुई पाङ्ग्रेपनि चल्न नदिने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, माघ १४, २०८१

ताप्लेजुङ – ‘नो केबलकार समूहले’ मङ्गलवारदेखि गर्ने यातायात बन्दमा दुई पाङ्ग्रे सवारीपनि चल्न नदिने भएका छन् । सवैखाले सवारी आवागमन बन्द गरिएको आन्दोलनरत समूहका अगुवा श्री लिङखिमले जानकारी दिए ।

‘हामीले सबैखाले यातायात बन्द भनेका छौँ,’ उनले भने, ‘त्यही अनुसारको अनुरोधपनि गरिएको छ ।’ पाथीभरा क्षेत्रको बलुडाडामा भएको झडपको विषयलाई लिएर मङ्गलवारदेखि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ भित्रने गौँडा समेतमा बन्दको आब्हान गरिएको छ । बन्दलाई कडाईकासाथ कार्यान्वयन गर्ने बन्दकर्ताको दाबी छ ।

मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ, पाचथर, इलाम र झापाको चारालीसम्म पर्दछभने तमोर करिडोर अन्तर्गत ताप्लेजुङ, पाचथर धनकुटाको मुलघाटसम्म पर्छ । यी सडकमा अनिश्चित काल बन्दको घोषणा गरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066