२६ चैत्र २०८१, बुधबार

पाथीभरा दर्शनमा आएर अलपत्र ३९ यात्रुलाई सशस्त्र प्रहरीले गन्तव्यमा लग्यो

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, माघ १७, २०८१

ताप्लेजुङ – पाथीभरा दर्शनमा आएर बन्दको कारण दुई दिनदेखि अलपत्र ३९ यात्रुलाई सशस्त्र प्रहरीले गन्तव्यमा पठाएको छ । गाडिको व्यवस्थापन र स्कर्टिङ गरेर फर्काइएको सशस्त्र प्रहरी बल कञ्चनजङ्घा गुल्मका गुल्मपति नरेश महर्जनले बताए ।
‘नो केवलकार समूह’ को बन्दका कारण मेचीराज मार्ग, तमोर करिडोर र तेह्रथुम सहितका नाका माघ १५ देखि ठप्प छन् । १४ गतेनै सप्तरी, झापा, कास्की, काठमाडौं लगायतका जिल्लाबाट आएका यात्रु फर्कन पाएका थिएनन । बन्दका कारण अलपत्र परेका व्यक्तिहरूलाई समन्वयका लागि सशस्त्र प्रहरीले सहायता कक्ष स्थापना गरेको छ । जिल्लामा अलपत्र परेका अन्य यात्रुहरूको पनि खोजी सुरु गरिएको महर्जनले बताए । यी यात्रु अलपत्र परेको सूचना आफुहरुलाई पत्रकार देवराज गुरुङ र इन्सेक प्रतिनिधि एलिना दियालीले दिएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट सोमवार आएका तीर्थयात्री मंगलबार पाथीभरा पुगेर काफ्लेपार्टी फर्किएका थिए । त्यसपछि मात्रै बन्दको सूचना पाएका उनिहरूलाई प्रहरीले सदरमुकाम फुङलिङसम्म ल्याएको थियो । ‘प्रहरीले स्कर्टिङ गरिदिने भनेको थियो, सप्तरीको राजविराजबाट आएका राजकुमार मण्डलले भने, सदरमुकामबाट फर्कने गाडिनै भेटेनौं ।’ बिहीबार गाडिको व्यवस्थापन प्रहरीलेनै गरेर आफुहरूको उद्धार गरेको मण्डलले बताए । सिराहाबाट सदरमुकाम फुङलिङ आएका रबी शर्माले भनें यातायातका साधन नभेटेको र त्रासका कारण मन्दिर नपुगी फर्किएको वताए ।
‘फेरी आउने भाकल गरेर फर्किए“’ उनले भने । फुङलिङ ननगरपालिकास“गको समन्वयमा तीर्थयात्रीहरूको स्वास्थ्य परीक्षणपनि गरिएको प्रहरीले जनाएको छ । पाथीभरा क्षेत्रको काफ्लेपाटीमा केवलकार निर्माण सुरु भएपछि माघ १३ गते आन्दोलनरत समूह र प्रहरी बिच बलुडा“डामा झडप भएको थियो । त्यसपछि आन्दोलनरत समूहले मंगलबारदेखि अनिश्चितकालिन बन्दको आह्वान गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066