०९ बैशाख २०८२, मंगलबार

‘ढलेँ, ढलेँ’ गीत सम्झँदै प्रधानमन्त्रीले भने- उत्सवमा सुहाउला, राजनीतिमा होइन

Logo
Taplejung Press शुक्रबार, माघ १८, २०८१

१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार आगामी ०८४ सालसम्म टसमस नहुने दाबी गरेका छन् ।

शुक्रबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

गायिका शान्तिरानी परियारले गाएको ‘म त ढलेँ, ढलेँ’ बोलको गीत स्मरण गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलका नेताहरूले सरकार आजै, अहिल्यै ढल्छ भन्दै हिँडेकोप्रति आपत्ति जनाए ।

‘विपक्षमा रहेका साथिहरूले एउटा कुरामा आफूलाई व्यर्थ्यै खेर फालिरहेको छ । सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघे संक्रान्ति आदि इत्यादि,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा गीत बजारमा ढलेँ, ढलेँ, भन्ने अलि प्रचारमा छ । त्यस्तै, प्राय आम रुपमा राजनीतिक नेताहरूले गाएको सुन्छु, ढल्यो, ढल्यो, ढल्यो । यो गीत मनोरन्जनका लागि पार्टी उत्सवमा सुहाउला । राजनीतिमा त्यति सुहाउँदैन ।’

प्रधानम्न्त्री ओलीले उक्त गीत मनोरन्जनका मञ्चमा सुहाउने भए पनि राजनीतिक मञ्चमा नसुहाउने दाबी गरे ।

‘अझै एक जना माननीयले यो गीत श्लील भएन भनेको पनि सुनेको छु । यस्तो टिप्पणी पनि छ । यस्तो गायन मनोरन्जनका मञ्चमा गाउन बन्द गरे हुन्छ । ०८४ सम्म सरकार टसमस गर्नेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066