०९ बैशाख २०८२, मंगलबार

‘नो केबलकार समूह’ लाई चुनौती, ढकालले भने, ‘एक वर्षमा केबलकार चढ्न पाइन्छ’

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, माघ २६, २०८१

ताप्लेजुङ – सरकार र नो केबलकार समूहबीच वार्ता प्रकृयाका चलिरह“दा केबलकार निर्माण कम्पनीले भनें पाथीभरा क्षेत्रमा एकवर्षमा निर्माण सम्पन्न भई नागरिकले चढ्न पाउने बताएका छन् । निर्माण कम्पनि आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले शनिबार राजधानी काठमाण्डौमा पत्रकार सम्मेलन गरेरै पत्रकारहरुलाई भने ‘तपाइहरुले अबको एक वर्षमा काफ्लेपाटी वाट केबलकार चढेर जाने अलिकति हिडेंर दर्शन गर्ने र केबलकार चढेर फर्कन पाउनु हुन्छ’ ।
उनले विरोधमा स्थानीय नभएको र अमेरिका, बेलायत जस्ता सुविधा भएका देश युरोप लगायत विदेशतिर बसेकाले मात्रै विरोध जनाइरहेको पनि दाबी गरे । ‘हाम्रो प्रतिनिधि रुद्र जी (रुद्र पौडेल) छ महिनाजति उतै (ताप्लेजुङ) बस्नु भयो, मपनि तीन पटक गएर छलफल गरें,’ ढकालले थपे, ‘२५ जना बोल्नेहरू मध्ये दुई जनाले मात्रै नो हु“दन भन्नुभयो, एक जनाले बन्नु पर्छ तर.. भन्नु भयो बा“की सबै जनाले बनाउनु पर्छ भन्नु भयो ।’
आफूले तीन सय वढीलाई सहभागी गराएर सार्वजनिक सुनुवाइ गरेको दावी गरे । सरकार र नो केबलकार समूहको वार्ता पछिपनि सरकारले आफुहरुलाई काम रोक्नु नभनेको र काम स्मोथ्ली बढिरहेको उनले बताए । यसअघि अर्कै समुहले बनाउने प्रकृया बढाएको र उनीहरूले हामीस“ग यसको ज्ञान छैन भनेपछि सातै प्रदेशमा केबलकार बनाउने उद्देश्य लिएको आफूले यस्को जिम्मा लिएको बताए ।
चन्द्रागिरिमा पनि केबलकार बनाउदा सुरुमा विरोध भएको तर अहिले उनीहरूले ढिलो भएछ भनेर पछुताएको बताए । नआउनु पर्ने इस्यु आएको भन्दै ढकालले यसमा राजनीति पनि घुसेको दावी गरे । उनले तीन अर्बको लागतमा योजना सम्पन्न हुनेपनि बताए । तीन सय जनाले रोजगारी पाउने र त्यसमा ८० प्रतिशत स्थानीयले काम पाउने बताएका छन् । पाथीभराका भरियालाई आफूहरूले रोजगारी दिने बचन दिएको बताए ।
ताप्लेजुङले पाउने अवसरमा खेलवाड भइरहेको ढकालको दावी छ । त्यहाका वासिन्दालाई खाडी जान वाध्य बनाइएको उनले बताए । वार्ताका विषयमा कम्पनीको तर्फबाट केही राख्नुपर्ने आवश्यकता नभएको बताए । ‘नेपाल सरकारले सम्पूर्ण प्रकृया पु¥याएर मात्रै दिएको हुनाले हामीस“ग भन्दा सरकारस“ग सरोकारको विषय हो,’ उनले भने, ‘हामिलाई काम गर्ने वातावरण सरकारले वनाउनु पर्छ, तर सरकारले बोलाए जानुपर्छ र जान्छौं ।’

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066