

ताप्लेजुङस्थित पाथीभरामा निर्माण गर्न लागिएको केबुलकार रोक्नु गर्नुपर्ने माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ ।
यस्तै विषयसँग सम्बन्धित रिट सर्वोच्चमै विचाराधीन रहेको भन्दै सर्वोच्चले मंगलबार आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्चमा दायर गर्न लागेको रिट सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपिठ गरेका हुन् ।
किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्र कुमार लिम्बूले ३ फागुन, २०७७ मा दर्ता गरेको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन भएको छ । र यो रिट बुधबारका लागि पेसीमा समेतच चढेको छ ।