

ताप्लेजुङ – पाथीभरा माघ महिना भरीनै द्वन्द्व ग्रस्त क्षेत्र बन्यो । माघ १२ गते पाथीभरा क्षेत्रको बलुडा“डामा गोलीनै चल्यो । तर यहा आउने तीर्थयात्रीको सङ्ख्याभने उल्लेख्य नै रह्यो । पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार यो महिनामा ४ हजार २ सय ४९ तीर्थयात्री पाथीभरा आएर फर्किएका छन् । जसमा अधिकांश ताप्लेजुङ जिल्ला बाहिरका तीर्थयात्री छन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार १० लाख ४० हजार ३ सय रुपैयाँ भेटी संकलनपनि भएको छ । माघ १५ देखि २२ गतेसम्म ताप्लेजुङ प्रवेशगर्ने मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द भएको थियो । वन्दक क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले तीर्थयात्रीको उद्वार गरेर गन्तव्यमा पुयाएका थिए । आफ्नो मेसमा खाना खुवाएर सरकारी गाडिमा एस्कर्टिङ गरेर पठाएका हुन् ।
पाथीभरामा वार्षिक तीन लाखको हाराहारीमा तीर्थयात्री आउने गरेको तथ्याङ्क क्षेत्र विकास समितिसँग छ । माथिल्लो फेदीमा तीर्थयात्रीको सङ्ख्या गणना गरिन्छभने मन्दिर क्षेत्रमा सङ्कलित रकम सदरमुकाम फुङलिङ ल्याएर गणना गर्ने र बैङ्कमा जम्मा गर्ने प्रचलन छ ।