०७ बैशाख २०८२, आइतबार

 

केबुलकारको पक्षधर एक युवालाई मोसो र दुर्व्यवहार

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, फाल्गुण ०४, २०८१

विराटनगर  । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरामा केबुलकार निर्माणको विरोध गर्दै आएको समूहले धरानमा एक जनालाई कालोमोसो दलेको छ ।

केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई दुर्व्यवहार गर्दै कालोमोसो दलेको हो ।

प्रहरीका अनुसार चेन्जीलाई धरान उपमहानगरपालिका–९ रहेको एक होटलबाहिर कालोमोसो दलिएको हो । उनी कार्यक्रमका लागि भनेर धरान आएका थिए ।

पहिचान पक्षधरले दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानमा पुर्‍याएको छ ।

पहिचान पक्षधर नेता अमर इजम लिम्बुका अनुसार याक्थुङ चुम्लुङको कार्यक्रमका लागि चेन्जी आएका बेला पहिचान पक्षधर युवाहरुले कालोमोसो दलेका हुन् ।

‘मुकुम्लुङमा नो केबुलकार पक्षलाई फेसबुकमा  गाली गरेको थियो, त्यहीँ माफी मगाएको,’उनले भने,‘ केटाहरुले कालोमोसो दलेछन्, त्यसो नगरौ है भनेर सम्झाए ।’

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066