

ताप्लेजुङ – अधिवेशन प्रयोजनकालागि उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले आव्हान गरेको सदस्यता नवीकरणमा ६ सय ६० पुगेका छन् । फागुन २५ गते सम्मको समय सीमामा यी फर्महरू दर्ता तथा नवीकरणका लागि आएका हुन् ।
उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालका अनुसार मतदाता हुने फर्मको सूची तयार पार्ने कामभने भइरहेको छ । ‘२५ गते राती झण्डै ११ बजेसम्मै दर्ता तथा नवीकरण गयौं,’ उनले भने, ‘अहिले त्यसलाई रुजु गर्ने र मतदाता हुने फर्मको सूची तयार पार्ने काम गर्दैछौ, सम्भवत बुधवार दिउँसोसम्ममा सकिन्छ होला ।’ वाणिज्य सङ्घको विधान अनुसार लगातार तीन वर्ष नवीकरण गर्नेले मात्रै मतदान प्रकृयामा भाग लिन पाउने प्रावधान छ ।
६० वाट ५० मा झर्न सक्ने अनुमान व्यवसायिको छ । अघिल्लो अधिवेशनमा मतदाता सङ्ख्या ६११ रहेको थियो । ताप्लेजुङ वाणिज्य सङ्घको दोभान, खाम्दिङगे र खेवाङ गरी तीन शाखा छन् । ति मध्येका दोभानले मात्रै दायित्व बुझाएर नवीकरण गरेको बरालले बताए । नवीकरणका लागि वार्षिक साधारण सभा लगायतको प्रतिवेदन बुझाउनु पर्छ । शाखावाट दुईजना मतदाता (प्रतिनिधि) र दुईजना पर्यवेक्षक हुने प्रावधान छ ।
वाणिज्य सङ्घले चैत १६ र १७ गते जिल्ला अधिवेशनको मिति तोकेको छ ।