ताप्लेजुङ प्रेस । नेपाली काग्रेस ताप्लेजुङका सभापति गजेन्द्र प्रसाद तुम्याहाङले फुङलिङ नगरपालिकामा बल्ल प्रजातन्त्र आएको भन्दै नगर प्रमुख अमिर मादेनप्रति कटाक्ष गरेका छन । मादेन निर्वाचित भएको दुई बर्षपछि बल्ल राजनीतिक दललाई सम्झिएको भन्दै तुम्याहाङले नगर प्रमुख मादेन माथी कटाक्ष गरेका हुन ।
मादेनले मंगलवार दिउसो फुङलिङ नगरपालिकाले खुला मैदानकालागि खरिद गर्ने जग्गाको बिषयमा राय माङन दलका नेतालाई बोलाएका थिए । आफैंले प्रयास गरेको खरिद प्रकृयामा प्रशासनले साथ नदिएपछि मादेनले राजनीतिक दल र संघसंस्थाको सहयोग खोजेका हुन । तुम्याहाङले यसअघि एक अर्को कार्यक्रममा पनि काग्रेसवाट निर्बाचित पालिका अध्यक्ष मध्ये नगर प्रमुख मादेनले पार्टीस“ग समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका थिए ।
पटक÷पटक ‘आफ्नै पार्टीवाट निर्बाचित पालिका प्रमुख’ भन्ने शब्द प्रयोग गरेका तुम्याहाङले नगरपालिकाले खरिद गर्ने जग्गा प्रकृयामा पार्टीको पूर्ण साथ समर्थन रहने प्रतिवद्धता जनाए । पार्टीमा सभापति तुम्याहाङ र मेयर मादेन फरक गुटका भएकाले पनि समन्वयको समस्या रहेको थियो ।