२६ चैत्र २०८१, बुधबार

उद्योग वाणिज्य सङ्घ ताप्लेजुङमा ककस्को पर्यो उम्मेद्वारी ? 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस सोमबार, चैत्र १०, २०८१

ताप्लेजुङ – उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको आगामी तीनवर्षे कार्यकालकालागि दुई पदाधिकारी वाहेक सबैमा एक भन्दा वढिको उम्मेद्वाारी परेको छ । प्रथम उपाध्यक्ष शान्ति मादेन र कोषाध्यक्ष युवराज महतारा मात्रै निर्बिरोध भएका छन् । बाकी सबै पदमा एकभन्दा वढी उम्मेद्वारी परेको हो ।

निर्बाचन समितिका अनुसार अध्यक्षका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष दावा शेर्पा र कोषाध्यक्ष विकास गौतमको उम्मेद्वारी परेको छ । महासचिवकालागि वर्तमान महासचिव कमल लिम्बू र लिलाप्रसाद पौडेलले मनोनयन दर्ता गराएका छन् । द्वितियमा रूपक घिमिरे र सोजित श्रेष्ठ तथा तृतीयमा तेजकुमार सुनुवार जङ्ग र तेजबहादुर भट्टराईको उम्मेद्वारी परेको छ । कोषाध्यक्षमा युवराज महतारा निर्विरोध भएका छन् । पदाधिकारीमा मादेन र महतारा मात्रै निर्विरोध भएका हुन् ।

१४ सदस्यका लागि २१ जनाको मनोनयन दर्ता भएको निर्वाचन समिति सदस्य धनबहादुर थापाले जानकारी दिए । थापाका अनुसार गणेश बिश्वकर्मा, रेवतवहादुर श्रेष्ठ, सन्तोष भट्टराई, दिनेश भट्टराई, पुन्यप्रसाद आचार्य, गणेश कुमार श्रेष्ठ, गायत्री भण्डारी, नन्दकुमार बानिया, हरिचन्द्र पौडेल, हरिप्रसाद ओझा, लोचन भण्डारीको उम्मेद्वारी परेको छ । यस्तै गीता भट्टराई, पिताम्वर बराल, छत्रवहादुर बिश्वकर्मा, हेमनाथ केसि, शुष्मा शाक्य, पंकजा निरौला, भोला वराल, ज्ञान प्रसाद भारती र विकास हाङगामको मनोनयन दर्ता भएको हो । १

४ गतेसम्म मनोनयन फिर्ता लिने समय रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066