

ताप्लेजुङ – उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको अध्यक्षमा विकास गौतम निर्विरोध निर्वाचित भएका छन् । चार दिनको प्रयास पछि सर्वसम्मत कार्य समिति चयन गरिएको हो । ११ गते मनोनयन गर्दा का“ग्रेस र एमालेले गठबन्धन गरेका थिए ।
दुई दलले घोषित गठबन्धन गरेपछि माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अघोषित गठबन्धन गरेका थिए । मनोनयन फिर्ता लिने अन्तिम दिन विहीबार बेलुका निर्विरोध भएका तीन पदाधिकारी बाहेक बा“की सबैले मनोनयन फिर्ता लिएपछि उद्योग वाणिज्य सङ्घले रिक्त पदमा पुन निर्वाचन गराइदिन निर्वाचन समिति लाई लिखित आग्रह गरेको थियो । समितिले पुनः निर्वाचन कार्यक्रम सार्वजनिक गरि मनोनयन दर्ता गराएको हो । मनोनयन दर्ता गराउ“दा सबै सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत बलराम भट्टराईका अनुसार प्रथम उपाध्यक्ष शान्ति मादेन, द्वितीय सोजित श्रेष्ठ, तृतीय रूपक घिमिरे, महासचिव कमल लिम्बू, सचिव खेमराज केसी, कोषाध्यक्ष युवराज महतारा भएका छन् । सदस्यमा दावा शेर्पा, पुण्यप्रसाद आचार्य, तेजबहादुर भट्टराई, गायत्री भण्डारी, लोचन भण्डारी, युवराज बराल, हरीप्रसाद ओझा, तेजकुमार सुनुवार, दिनेश भट्टराई, सन्तोष भट्टराई, विकास हाङगाम, गणेश बिक, लिलाप्रसाद पौडेल र हरिचन्द्र पौडेल रहेका छन् ।
अध्यक्षले सदस्य मध्येबाट एकजनालाई बरिष्ठ उपाध्यक्ष र छजना सदस्य मनोनयन गर्न पाउने बैधानीक ब्यवस्था रहेको छ । दावा शेर्पालाई बरिष्ठ उपाध्यक्ष चयन गर्ने भद्र सहमति भएको निर्वाचित अध्यक्ष गौतमले बताए । पहिलो बैठकबाट बरिष्ठ उपाध्यक्ष सहित भद्रवीर रेग्मी, रेवत श्रेष्ठ, भोला बराल, नन्दकुमार बा“निया र गीता भट्टराईलाई सदस्यमा मनोनयन गर्ने सहमति भएको निर्विरोध कार्य समिति चयनकालागि पहल गरेका निवर्तमान अध्यक्ष नारान थापाले बताए । थापा यसअघिका अध्यक्ष हुन् । उनले आफु निर्वाचित भएको तीन वर्षकै अधिवेशन गरेर जिम्मेवारी हस्तान्तरण गर्ने भएका छन् । सुक्रवार साधारण सभा रहेको छ । यहीदिन पद हस्तान्तरण गर्ने उनले वताए ।
मनोनयन दर्ताअघि चैत्र ११ गते एमाले कार्यवाहक अध्यक्ष दिपेन पोमु र का“ग्रेस उपसभापति डिल्लीरमण बरालले हस्ताक्षर गरी सत्तारुढ द्विदलीय समितिले अगाडि बढ्ने लिखित निर्णय गरेका थिए । एमालेका“ग्रेसको तर्फबाट अध्यक्षमा विकास गौतम, प्रथम उपाध्यक्षमा शान्ति मादेन, द्वितीयमा रूपक घिमिरे, तृतीयमा तेजकुमार सुनुवार (जंग) महासचिवमा कमल लिम्बू, सचिवमा खेमराज केसी र कोषाध्यक्षमा युवराज महतारालाई मनोनयन दर्ता गराएका थिए । यी मध्ये उपाध्यक्ष शान्ति, सचिव खेमराज र कोषाध्यक्ष युवराज मनोनयन दर्ता भएकैदिन निर्विरोध भए । निर्विरोध तीनैजना काङ्ग्रेसको कोटाका थिए । काङ्ग्रेसका अधिक सर्बसम्मत भएपछि सहकार्य गरेको एमाले तर्फका उम्मेद्वार झस्किएका थिए ।
सदस्यमा सन्तोष भट्टराई, दिनेश भट्टराई, पुण्यप्रसाद आचार्य, गणेश कुमार श्रेष्ठ, गायत्री भण्डारी, नन्दकुमार बा“निया, हरिप्रसाद ओझा, लोचन भण्डारीको उम्मेद्वारी परेको थियो । यस्तै गीता भट्टराई, पिताम्वर बराल, हेमनाथ केसि, शुष्मा शाक्य, पंकजा निरौला, भोला बराल र ज्ञान प्रसाद भारतीको मनोनयन दर्ता भएको थियो । रास्वपा र माओवादीको तर्फबाट अध्यक्षमा दावा शेर्पा, द्वितीय उपाध्यक्षमा सोजित श्रेष्ठ, तृतीयमा तेजबहादुर भट्टराई र महासचिवमा लिलाप्रसाद पौडेलले मनोनयन दर्ता गराएका थिए । अध्यक्ष दावा र महासचिव पौडेल रास्वपा तथा उपाध्यक्ष सोजित र तेजबहादुर माओवादी हुन् । सदस्यमा युवराज बराल, विकास हाङगाम, गणेश लोहार, हरिचन्द्र पौडेल, रेवत श्रेष्ठ र छत्र बिकले मनोनयन दर्ता गराएका थिए ।
सहमति गर्दा यसअघि मनोनयन गराएका गणेश श्रेष्ठ, शुष्मा शाक्य, पंकजा निरौला, ज्ञान प्रसाद भारती र छत्र बिक बाहिरिएका छन् । उनिहरुको नाम मनोनयनको सुचीमापनि छैन । उपाध्यक्षका उम्मेद्वार तेजवहादुर सुनुवार, तेजप्रसाद भट्टराई, महासचिवका लिला प्रसाद पौडेल सदस्यमा बसेका छन् । द्वितिय उपाध्यक्षमा मनोनयन गराएका रुपक तृतियमा वसेका छन् ।