

ताप्लेजुङ – विश्व प्रख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेको समुपस्थितिमा चैत्र २३ देखि २५ गतेसम्म हुने छैटौँ बज्र गुरु मन्त्रजप कार्यक्रममा २० हजारको हाराहारीमा भक्तजन उपस्थित हुने आकलन छ । यसै अनुसारको तयारी पनि गरिएको छ ।
माला, मन्त्र जपेर धर्म प्राप्तिकालागि गरिने योग, ध्यान कार्यक्रममा मन्त्र जप्ने, चिया, खाजा, खाना खाने समयको व्यवस्थापन मिलाइएको छ । यसमा सौजन्य गर्नेका लागिपनि सूची वनाइएको छ । कार्यक्रम आयोजक समितिका सचिव पासाङरिता शेर्पाका अनुसार एक दिनभरको खाना, खाजा र चियाका लागि १ लाख १० हजार रुपैयाँ रहेको छ ।
बिहानको खाना मात्रका लागि ३५ हजार, बेलुकाको लागि ३० हजार, दिनभरको चिया २५ हजार, बिहानको चिया र नास्तामा २५ हजार, एक पटकको चिनी चियाको लागि ८ हजार र नुन दूध चियाको लागि ७ हजार ५ सय रुपैयाँ रहेको छ । विगतका वर्षमा पनि यसरी एउटा विधामा सौजन्य गर्नेको सङ्ख्या उल्लेख्य रहेको थियो ।
धर्मानुरागीका लागि खाने, बस्ने, व्यवस्था आयोजक स्वयंले गरेको शेर्पाले बताए । ताप्लेजुङ सहित पाँचथर, इलाम, तेह्रथुम, संङखुवासभादेखिका धर्मानुरागी यो कार्यक्रममा आउने गरेका छन ।