२६ चैत्र २०८१, बुधबार

पाथीभरामा यो वर्षकै धेरै तीर्थयात्री

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, चैत्र २२, २०८१

ताप्लेजुङ — पाथीभरामा आज यो सिजनकै धेरै तीर्थयात्री आएका छन् । नौ रथको महाअष्टमीका दिन ७ हजार ५ सयभन्दा बढी तीर्थयात्री मन्दिर क्षेत्रमा रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए ।

पाथीभराका कर्मचारी राजेन्द्र महतका अनुसार बिहान ३ बजेदेखि लाइन लगाएर पूजा गराउने क्रम चलिरहेको छ । यो भीड कम हुन दिउँसो २ बज्ने उनले बताए । ‘बिहान पूजा गर्नेहरु फर्कंदै हुनुहुन्छ,’ राजेन्द्रले भने, ‘आउनेहरु सदरमुकाम फुङलिङबाट बिहान ८ बजेसम्म पनि त्य त्तिकै आइरहनु भएको सूचना छ ।’

भोलि नवमीका दिन अझ धेरै आउने अपेक्षा गरिएको कार्यकारी निर्देशक हाङवाङ बताउँछन् । तीर्थयात्रीको सहजताका लागि समितिका सबै कर्मचारी पाथीभरा क्षेत्रमा परिचालन गरिएको र आवश्यक सहयोग गरिरहेको हाङवाङले बताए ।

क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवे बन्द हड्ताल लगायतका कुनै पनि कार्यक्रम नभएकाले पाथीभरा आउने योजना भएकाहरुलाई ढुक्कले आउन अनुरोध गरेका छन् । पाथीभरामा चैत-वैशाख तथा असोज र कात्तिकमा अत्यधिक भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066