०३ बैशाख २०८२, बुधबार

शिक्षकको आन्दोलनमा ऐक्यवद्धता जनाउदै मैवाखोला गाउँपालिकाले २७ गतेको शैक्षिक मेला स्थगित गर्यो

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, चैत्र २५, २०८१

ताप्लेजुङ – शैक्षिक मुद्दा लिएर राजधानी केन्द्रीत भएका शिक्षकहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै मैवाखोला गाउँपालिकाले चैत्र २७ गतेको कार्यक्रम स्थगित गरेको छ ।

गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले मङ्गलबार एक सूचना जारी गर्दै शिक्षकहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै कार्यमूलक सीपमा आधारित वृहत सिकाइ मेला स्थगित गरिएको जनाएका छन् ।

यो पालिकाद्वारा पूर्व निर्धारित कार्यक्रम थियो । सोमबार जिल्लाका शिक्षक सम्वद्ध सङ्गठनले विज्ञप्ति प्रकाशित गरी सङ्घ प्रदेश र स्थानीय सरकारद्वारा आयोजित कुनैपनि कार्यक्रममा सहभागी नहुने जनाएका थिए । पालिका अध्यक्ष वनेमले शिक्षकले उठाएका जायज माग चाँडो भन्दा चाँडो समाधान गरी शिक्षक तथा कर्मचारीलाई विद्यालय फर्कने वातावरण बनाउनु पर्ने बताएका छन् ।

‘चैत्र २० गतेदेखि सुरु भएको देशभरका सार्वजनिक विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीका जायज माग चाँडो भन्दा चाँडो सम्बोधन गरी शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउनु पर्छ’ पालिका अध्यक्ष द्वारा जारी विज्ञप्तिमा भनिएको छ । गुणस्तरको हिसाबले दयनीय भइरहेको शिक्षा सुधारमा ल्याउनु सरोकारवाला सबैको भूमिका आवश्यक भएको दावी पालिका अध्यक्ष वनेमको छ ।

सार्वजनिक शिक्षा सुधार्ने प्रयत्न र कर्तव्यबाट पछि नहट्ने प्रतिवद्धता गाउँपालिका अध्यक्ष वनेमको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066