०९ बैशाख २०८२, मंगलबार

साढे ११ वर्षको कैद सजाय तोकिएका व्यक्ति ११ वर्षपछि पक्राउ

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, बैशाख ०७, २०८२

ताप्लेजुङ – जबरजस्ती करणी, ज्यान मार्ने उद्योग र चोरीमा गरी ११ वर्ष नौ महिना चार दिनको कैद सजाय तोकिएका व्यक्तिलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ ।

फक्ताङलुङ गाउँपालिकासावादिन घर भई झापाको दमक नगरपालिकामा बस्तै आएका हाल ४४ वर्ष उमेर पुगेका उत्तरे भन्ने तेजकुमार लिम्बूलाई प्रहरीले फक्ताङलुङ १ सावादिन आएको मौका पारेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।

आपराधिक घटना गराएपछि फरार रहेका उनी कतार, मलेसिया समेत बसेर फर्किएको प्रहरीले जनाएको छ । उनले २०७० माघ ७ गते साँझ ३६ वर्षीय महिलाको घरमा गई खुकुरी देखाएर जबरजस्ती करणी गर्नुका साथै एक लाख रुपैयाँ चोरेका थिए । आफूमाथि आक्रमण भएपछि कराएकी महिलाको वचाउकालागि पुगेका उनका देवरलाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेको बस्नेतले जानकारी दिए ।

जिल्ला अदालत ताप्लेजुङले २०७६ ज्येष्ठ २८ मा गरेको फैसला अन्तर्गत जबरजस्ती करणी र चोरी मुद्दामा छ वर्ष छ महिना कैद र दुई लाख २० हजार जरिवाना गरेको थियो । ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालतको जिम्मा लगाई अदालतको आदेश अनुसार कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066