१५ बैशाख २०८२, सोमबार

यस वर्ष नेपाल र भारतका २३ सेनाले कञ्चनजङ्घा हिमाल चढ्ने, सरकारले सलामी दस्तुर मिनाहा गर्यो 

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, बैशाख १०, २०८२

ताप्लेजुङ – यस बर्स नेपाल र भारतका सेनाले संयुक्त रुपमा विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजङ्घाको आरोहण गर्ने भएकाले छन् ।

बैशाख अन्तिमदेखि ज्येष्ठ दोश्रो सातासम्म हुने आरोहणमा भारतीय सेनाको तर्फबाट १० र नेपाली सेनाको तर्फबाट १३ जना सहभागी हुने उल्लेख छ । २३ जनाको आरोहण दललाई आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा भएको छ ।

सोमबार बसेको मन्त्री परिषद बैठकले सलामी दस्तुर छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा दस्तुर मिनाहा भएको हो ।

संयुक्त भारत नेपाल कञ्चनजङ्घा हिमाल आरोहण कार्यक्रम अन्तर्गत हिमाल आरोहणको कार्यक्रम रहेको उल्लेख छ । ८ हजार ५ सय ८६ मिटर उचाइको यो हिमाल आरोहणका लागि अन्य देशका नागरिक बेसक्याम्प पुग्न थालेका छन्भनें आरोहणका लागि आवश्यक सामग्रीहरू आधार शिविरमा पुर्‍याइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066