

ताप्लेजुङ – श्रीकृष्ण भजन कीर्तन समूह फुङलिङ नगरपालिका ७ ले आज आफ्नो १४ धौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
समुहमा आवद्ध गोपाल न्यौपाने र योगेन्द्र निरौला लाई सम्मान तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सकिएको हो ।
समूहका सचिव मेघनाथ पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
यो समुहले प्रत्येक सातामा एकदिन भजन कीर्तन तथा सामाजिक कार्य गर्दै आएको छ ।
हरेक वर्ष वार्षिक साधारण सभाबाट वार्षिक कार्यक्रम अनुमोदन गर्ने प्रचलन रहेको छ।
समुहका अध्यक्ष सिता गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुहमा आबद्ध सबैजसो सदस्यको सहभागिता रहेको समुहका सचिव पौडेलले जानकारी दिनुभयो ।