ताप्लेजुङ – प्रतिनिधिसभाका सांसद लिलादेवी बोखिमको नामपनि मन्त्रीको सम्भावित सूचीमा परेको छ । काग्रेस नेता शेखर कोइरालाको समुहवाट बोखिमको नाम परेको निकटस्थ श्रोतले जनाएको छ ।
काग्रेस जिल्ला कार्य समिति ताप्लेजुङको सभापति समेत भइसक्या र कोशी प्रदेशवाट कोइराला समुहका अन्य ब्यत्ति नभएकाले बोखिम अटाउने सम्भावना वलियो रहेको काग्रेस नेताले जनाएका छन । ‘समाज कल्याण वा सहरी विकास मन्त्रालय हुनसक्छ,’ काग्रेसका एक नेताले भने, ‘काग्रेसमा समुह नै समुह छ, धेरैतिरबाट नाम जादा कती काटिन्छ त्योचाही पत्तो हुदैन, तर मन्त्री हुने सम्भावना चाही उच्च छ ।’ काग्रेसको भागमा ११ मन्त्रालय परेको छ ।
कोशी प्रदेशका कोइराला समुहका डिकवहादुर लिम्वू पहिल्यै मन्त्री भइसकेका र दोहोर्याउने सम्भावना कम रहेकाले आदिवासि जनजाती र महिला दुवै समेटिने भएकालेपनि बोखिमको सम्भावना बलियो बनेको हो । अघिल्लो कार्यकाल बोखिम, बाकेका किरण कोइराला र मुस्ताङका गरी तीनजना मात्रै महिला जिल्ला कार्य समितिको सभापति भएका थिए । बोखिमको कार्यकाल सवल भएको भन्ने पार्टी मुल्यांकन भएकालेपनि सम्भावना वलियो वनेको हो ।
शेखर समुहवाट गएको नाममा महासचिव गगन थापालेपनि समर्थन जनाउने भएकाले सभापति देउवाले वोखिमको नाम काट्न नसक्ने आकलन काग्रेस बृत्तमा छ । असार २८ गतेनै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुने र त्यसैदिन वा भोलिपल्टै सवै मन्त्रीलाई नियुक्त गर्ने तयारी भएकाले एमाले र काग्रेस नेताहरु मन्त्रालय टुंग्याउन र मन्त्री छान्न ब्यस्त रहेका छन ।
एमाले अध्यक्ष ओलिले काग्रेस सभापति देउवालाई यसअघिनै मन्त्री छान्न सकेनन् भन्ने सन्देश जान दिन नहुने र प्रधानमन्त्री नियुत्तीकै दिन वा भोलिपल्टै सवै मन्त्री नियुत्ती गर्ने प्रस्ताव गरेको जनाइएको छ ।