ताप्लेजुङ – सरकार परिवर्तन भएपछि मन्त्री हुने चर्चामा रहेका ताप्लेजुङका सांसद त्रय मन्त्री परिषदमा भनें अटाउन सकेनन् । काँग्रेस र एमालेले पाउने मन्त्रालयको सङ्ख्या घटेपछि र पार्टीका शीर्षस्थ नेताले आफ्नालाई च्यापे पछि बञ्चित हुनु परेको हो ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै जिल्लाका राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहाललाई भौतिक मन्त्री बनाएका छन् । पार्टीको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङलाई सञ्चार मन्त्रीको जिम्मेवारी दिएका छन । एमाले सचिव समेत रहेका योगेश भट्टराईले संसद्मै वक्ताको भूमिका निर्वाह गर्नुपर्ने भएको छ । एमालेले भट्टराईलाई पार्टीको तर्फबाट वक्ताको रुपमा प्रयोग गर्दै आएको छ ।
शेखर गगन समूहबाट मन्त्रीको सूचीमा रहेकी लिलादेवी बोखिमको नामपनि अन्तिम सूचीमा पर्न सकेन । ११ वटा मन्त्रालय पाउने प्रारंभीक सूची रहेपनि काङ्ग्रेसले ८ वटा मात्रै पाएपछि शेखर गगन समुहले तीनवटा मन्त्रालय पाएका छन । उनीहरूले बोखिमको नाम अटाएनन भने एमाले सांसद उर्मिला थेवे पनि मन्त्री परिषदमा अटाउन सकिनन् ।