१६ पुष २०८१, बुधबार

तोक्पेगोला पर्यटन तथा चौंरी महोत्सव साउन २५ देखि

Logo
ताप्लेजुङ प्रेस, Taplejung Press बुधबार, साउन ०१, २०८१

ताप्लेजुङ — मिक्वाखोला गाउँपालिका ५ पापुङको तोक्पेगोलामा यही साउन २५ देखि २८ गतेसम्म तोक्पेगोला पर्यटन तथा चौंरी महोत्सव गरिने भएको छ । सयौंको संख्यामा चौंरी पालिने उक्त स्थानमा यही बेला भेडाको बथान पनि भेला पारिने आयोजकले बताएका छन् ।

३७ सय मिटर उचाईमा रहेको तोक्पेगोलामा खुला भलिबल प्रतियोगिता, सांस्कृतिक तथा सांगीतिक लगायतका कार्यक्रम आयोजना गरिएको प्रचार विभाग प्रमुख नुपु छिरिङ ढोक्प्याले जानकारी दिए । सोदो पोखरी, भुत पोखरी, तीन पोखरीजस्ता दर्जनौं पोखरी रहेका यो स्थानमा पुग्न सदरमुकाम फुङलिङबाट दुई दिन लाग्छ ।

पैदय यात्रा गरेर जाँदा देखि नै आकर्षक स्थलहरु रहेको यो क्षेत्रमा पुगेपछि रम्ने र रमाउने ठाउँ प्रशस्तै रहेकाले यसको प्रचारका लागि महोत्सव आयोजना गरिएको मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु शेर्पा बताउँछन् ।

गाउँपालिका ५ पापुङ ढोक्पे किदुङ अमेरिका, तोक्पेगोला सेवा समाज समिति ताप्लेजुङ, हिमाली तोक्पेगोला स्पोर्टिङ क्लब लगायतको सहकार्यमा महोत्सव गर्न लागिएको आयोजकले बताएका छन् ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066