१९ पुष २०८१, शनिबार

१८ वर्षपछि पोशाक फेर्ने निर्णय

पाथीभरा क्याम्पसले लोकसेवा, अङ्ग्रेजी भाषा, शिक्षक सेवा पनि पढाउने

Logo
Taplejung Press बुधबार, साउन १५, २०८१

ताप्लेजुङ – पाथीभरा बहुमुखी क्याम्पसले कम्प्युटर शिक्षा, अङ्ग्रेजी भाषा, शिक्षक सेवा, लोक सेवाका कक्षा पनि सञ्चालन गर्ने भएको छ । ह्युमन प्राक्टिस फाउण्डेसनले कम्प्युटर ल्याब स्थापना गरिदिएपछि क्याम्पस प्रशासनले यी विषयमा दिउसोको कक्षा सञ्चालन गर्न लागेको हो ।

पाथीभरा क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको पढाई बिहान मात्रै हुँदै आएको छ । क्याम्पस प्रमुख सजन पौडेल अव बिहान क्याम्पसका कक्षा र दिउसो अन्य कक्षाहरू सञ्चालन गर्ने बताउँछनयसकालागि विद्यार्थीले न्यूनतम शुल्क भनें तिर्नु पर्छ । ‘हामिले शुल्क कति लिने भनेर निर्णय गरेका छैनौँ,’ क्याम्पस प्रमुख पौडेलले भने, ‘एकदमै न्यून शुल्कमा सबैखाले कक्षा सञ्चालन गछौँ ।’ क्याम्पस सञ्चालक समिति अध्यक्ष गजेन्द्र प्रसाद तुम्याहाङ जिल्ला वाहिर रहेकाले फर्किएपछि निर्णय गर्ने पौडेलले वताए ।

जिल्लामा रहेका शिक्षक र अनलाइन बाट दक्ष शिक्षकको समय लिएर कक्षा सञ्चालन गर्ने तयारी क्याम्पसले गरेको छ । क्याम्पसको आयश्रोत पनि बड्ने र थप कक्षा लिन चाहनेले एकै ठाउँमा सेवा लिन सक्ने भएकाले विद्यार्थीका लागि अवसर पनि हुने बुझाई क्याम्पस प्रशासनको छ । पाथीभरा क्याम्पसले स्नातक तहका लागि मासिक ५ सय र स्नातकोत्तर तहका लागि प्रति सेमिस्टार २४ हजार ५ सय शुल्क लिँदै आएको छ । क्याम्पस प्रमुख पौडेल यो नेपालकै सस्तो क्याम्पस भएको पनि दावी गछर्न

क्याम्पस प्रशासनले १८ वर्षपछि पोसाकमा पनि परिवर्तन गरेको छ । भदौ १ गतेदेखि लागू हुनेगरि निलो रङका सर्ट, पैण्ट, कोट, कुर्ता र कालो रङको सरवाल तोकिएको छ । यसअघि सेतो रङको रहेको थियो । फेरिएको पोशाक शिक्षक र विद्यार्थी दुवैका लागि एउटै रहेको छ । १८ वर्ष अघि छात्राका लागि सारि चोलो र छात्रका लागि सेतो सर्ट पेन्ट रहेको थियो । विद्यार्थीहरूको समेत छलफलमा पोशाक परिवर्तन गर्ने निर्णय गरिएको क्याम्पस प्रमुख पौडेल बताउँछन

लामो समयदेखि एउटै पोसाक भएको र फेर्दा पनि खासै आर्थिक भार नपर्ने भएकाले फेर्ने निर्णय गरिएको उनले बताए । छात्राले लगाउने कुर्तामा नौ सय रुपैयाँ पर्ने जनाइएको छ । सरवाल भनें पुरानै रङको भएको क्याम्पस प्रशासनले जनाएको छ । सर्ट, पेन्ट र कोट समेतका लागि भने ८ हजार ८ सय सम्ममा तयार हुने विद्यार्थीले जनाएका छन । पाथीभरा क्याम्पसमा स्नातक र स्नातकोत्तरका गरी नौसय बढी विद्यार्थी अध्ययनरत रहेका छन ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066