ताप्लेजुङ – निर्माण प्रारम्भ भएको २ सय ८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजना बन्न नदिन ४ सय ७५ सदस्यीय सङ्घर्ष समिति गठन गरिएको छ । ३० औं अन्तराष्ट्रिय आदिवासी जनजाति दिवसको दिन शुक्रवार फक्ताङलुङ गाउपालिका ३ लिंखिममा भएको भेलाले मान वहादुर तबेबुङ लिम्वूको संयोजकत्वमा चिरेन्द्र लाबुङ सचिव रहेको समिति समेत गठन गरिएको हस्तलिखित विज्ञप्तिमा उल्लेख छ ।
‘तमोर खोलामा विभिन्न परियोजना’ विषयक छलफलमा टोल समिति, बौद्धिक व्यक्तित्व, अधिकारका लागि अभियन्ताहरूको उपस्थितिले यस्तो निर्णय गरेको स्थानीय श्री लिंखिमले जानकारी दिए । विज्ञप्तिमा भने तमोर नदीको नाम समेत ‘इम्विरी याम्वाङवा’ उल्लेख गरिएको छ । ‘माथिल्लो तमोर जलविद्युत आयोजना तमोर इनर्जी प्रालिबाट निर्माण हुने भनिएको २८५ मेगावाटको आयोजनाले स्थानीय आदिवासी समुदायको धार्मिक, सांस्कृतिक, मुन्धुमी आस्थाको धरोहर वातावरण, पर्यावरण, जैविक विविधतामा गम्भीर असर पर्ने भएकाले उक्त परियोजना आवश्यक नरहेको ठहर गरिएको छ’ विज्ञप्तिमा लेखिएको छ ।
नेपालले अनुमोदन गरेको अन्तराष्ट्रिय श्रम सङ्गठन महासन्धि १६९ आदिवासीहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणा पत्र २००७ लगायतका अन्तराष्ट्रिय कानुन र नेपालको संविधान २०७२ ले स्थानीय समुदायलाई दिएको अधिकार प्रतिकुल हुनेगरि स्थानीयको मन्जुरी बिना निर्माण प्रारम्भ गरिएकोमा आपत्ती जनाइएको छ । ‘आदिवासी समुदायको स्वतन्त्र, अग्रीम जानकारी सहितको मन्जुरी नभई मनोमानी ढङ्गले समुदायको आस्थामाथि चोट पर्ने परियोजनालाई खारेज गर्नेभन्दै माथिल््लो तमोर जलविद्युुत आयोजना खारेजी संयुक्त सङ्घर्ष समिति गठन गरिएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘खारेज गर्न कानुनी तथा भौतिक तवरबाट अघि बड्ने भनी यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौँ ।’
टिपताला भञ्ज्याङबाट वहन सुरु भएर सप्तकोसी नदीमा मिसिने तमोर नदीबाट यसअघि ७३ मेगावाट बिद्युत उत्पादन भइसकेको छ । मित्लुङ वाट सुरुङ मार्ग निर्माणगरी खोक्लिङको पावर हाउसमा उत्पादन गरिएको बिजुली तेह्रथुमको बसन्तपुर सव स्टेसनमा र्पुयाएर जोडिएको छ । अपर तमोर भनें तापेथोक वाट सुरु भई सिस्नेमा पावर हाउस बनाएर उत्पादन गरिने जिल्लाकै सबैभन्दा ठुलो आयोजना हो । ७३ मेगावाटको मध्य तमोर जलविद्युत उत्पादन नहु“दासम्म यस्तो अवरोध सृजना भएको थिएन ।
जिल्लाको पाथीभरा क्षेत्रमा निर्माणको तयारीमा रहेको केवलकार परियोजना पनि अवरोधका कारण अगाडि बड्न सकेको छैन । निर्माण कम्पनिले पटक-पटक प्रयास गरेरपनि सङ्घर्ष समितिको अवरोधका कारण अगाडि बड्न नसकेको हो । तीन अर्वको लागतमा निर्माण गर्न लागिएको केवलकार खारेजीका लागि केवलकार खारेजी सङ्घर्ष समिति गठन गरिएको छ । झडपको अवस्था सृजना भएपछि निर्माण क्षेत्रमा रुख काटेरपनि निर्माण प्रकृया अघि बड्न सकेको छैन । यस्को समाधान नहुदै अर्को समस्या उत्पन्न हुने भएको हो ।