१९ पुष २०८१, शनिबार

जिप दुर्घटनाका घाइतेलाई उपचारका लागि झापा लगियो

Logo
Taplejung Press बुधबार, साउन २९, २०८१

ताप्लेजुङ — सदरमुकाम फुङलिङ बाट दोभान वजार हुदै साँवानाल्बु जाँदै गरेको बलेरो जिप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि झापा लगिएको छ । मङ्गलवार भएको दुर्घटनामा मिक्वाखोला गाउँपालिका ४ दलैचा निवासी जनरात्री आधारभुत विद्यालयका शिक्षक उर्मिला बनेम सावाँ, वाड्नं ५ पापुङ निवासी कान्छीमा शेर्पा र उनका छोरा पासाङ डन्डु शेर्पा घाइते भएका छन् ।
मेरिङदेन गाउँपालिका सान्थाक्रामा प्राथमिक उपचारपछि जिल्ला अस्पताल ल्याएका उनिहरुलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल पठाइएको हो । घाइतेमध्ये कसैको टाउको, कसैको हात, खुट्टा लगायतका शरीरका बिभिन्न भागमा चोट लागेको छ । जिपमा बालबालिका सहित १० जना सवार थिए । अन्य यात्रु भने सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल लुङ्गेलीका अनुसार मेरिङदेन २ सान्थाक्रामा उकालोमा नचढेपछि जिप चालक पेम्बा शेर्पा स्टार्टमा छोडेर ओट लगाउन गाडीबाट झरेका थिए । त्यही बेला जिप सडकबाट २० मिटर तल झरेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066