ताप्लेजुङ – बिरेन्द्र युवा क्लबले शनिवार बेलुका देखि हाउजी (विन्गो) खेलाउने भएको छ । लाखे जात्राको अवसर पारेर प्रत्येक दिन बेलुका सञ्चालनको कार्यतालिका बनाएको हो ।
क्लबका सचिव हरि पौडेलका अनुसार शनिवार बेलुका ५ बजेदेखि हाउजी सुरु हुनेछ । यसवर्ष देखि क्लबले फुङलिङ नगरपालिकासँग अनुमति लिएर खेल सञ्चालन गर्न लागेको हो । प्रत्येक दिन एक हजारका दरले शुल्क (कर) समेत बुझाएको पौडेलले जानकारी दिए ।
लाखे जात्राको अवसर पारेर सुरु गर्ने हाउजीका लागि क्लबले छठ सम्मको अनुमति लिएको छ । ‘बिच बिचमा ग्याभ पनि हुन्छ,’ पौडेलले भने, ‘विशेष चाडपर्व लाई फोकस गरेर खेलाउँछौ ।’ खेल बिरेन्द्र चोकमा सञ्चालन गर्ने उनले बताए । भानुजन माध्यमिक विद्यालयमा फुटबल सकिएपछि बिरेन्द्र चोकमा हाउजी खेलाउने क्लबको तयारी छ ।