०९ बैशाख २०८२, मंगलबार

यस्तो बन्दैछ ५० लाखको लागतमा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, साउन ३२, २०८१

ताप्लेजुङ – किरात याक्थुङ चुम्लुङ ताप्लेजुङले सदरमुकाम फुङलिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ निर्माण गर्ने भएको छ । यो भनेको धान नाच्ने ठाउँ हो । लिम्बू समुदायमा प्रचलित धान नाच हराइरहेको बेला यसको झल्को दिने स्तम्भ निर्माण गर्न लागिएको हो ।

यसका लागि ५० लाख रुपैयाँ लाग्ने र त्यसको व्यवस्थापन किरात याक्थुङ चुम्लुङ इजरायलले गरिदिने चुम्लुङका अध्यक्ष इन्दिरा मेन्याङबो बताउँछिन। लाखे जात्राको अवसर पारेर यसको निर्माण प्रकृया प्रारम्भ गरिने उनले बताइन । चुम्लुङका उपाध्यक्ष डम्बर पालुङवाका अनुसार तोक्मेडाँडा भित्तामा यसको निर्माण गरिने छ । स्तम्भको पछाडिपट्टि कञ्चनङ्घा, कुम्भकर्ण हिमालको झल्को दिनेगरिको स्थल बनाइनेछ । त्यसको अगाडि धान नाच्दै गरेका दुई पुरुष र दुई महिलाको स्तम्भ राखिने छ । महिला पुरुषका स्तम्भहरू छ फुट अग्ला हुनेछन् । ३२ लाख रुपैयाँको लागतमा ताप्लेजुङमै त्यसको निर्माण भइरहेको पालुङवाले बताए ।

पालुङवाका अनुसार वरिपरि सिँढी बनाइनेछ घेराबेरा गरेर आकर्षक स्थल निर्माण गरिने छ । लिम्बू संस्कृति झल्कने यसको निर्माण कार्य चार महिनामा सकिने चुम्लुङका सचिव सरोज कङलिवा बताउँछनमङ्सिरको पूर्णिमामा सकेर उद्‌घाटन गर्ने योजना चुम्लुङको छ । यसअघि पाथीभरा मन्दिरको बाहिर लिम्बू संस्कृति झल्कने च्याब्रुङ स्तम्भ बनाइएको छ । पाथीभरा जानेका लागि यो तस्विर लिने एउटा गन्तव्य बनेको छ । च्याब्रुङ नाच अहिलेपनि प्रचलनमा छ । धान नाच भनें लोपोन्मुख छ । दुई दशक अघिसम्म मेला, महोत्सव, हाट बजारमा भेट भएका युवा युवती हात समाएर पालम भन्दै धान नाच्ने प्रचलन थियो । पालमको माध्यमबाट मन मिलाएर एकापसमा विवाह गर्ने गरेका थिए । आधुनिकताको प्रयोग सँगै यो हटेर गएको छ । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066