

ताप्लेजुङ – लाखे जात्राको अवसरमा भाद्र ३ गतेदेखि सुरु ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल समयमै सुरु गर्न आयोजक ४३ मिनेट चुकेको छ । समयमै प्रतियोगिता सुरु गर्न प्रमुख अतिथि र विशिष्ट अतिथि नराखेको र मन्तव्यको कार्यक्रम समेत नराखेको आयोजकले कार्यक्रमलाई चुस्त बनाउन नसक्ता बचन पुरा गर्न नसकेको हो । लाखे जात्रा सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङले खेल सुरु हुने दिन बिहान मात्रपनि आफूहरू वचनमा प्रतिवद्ध रहेको बताएका थिए ।
मङ्गलवार देखिको प्रतियोगिता भने निर्धारित समय दिउसो २ः३० बजेदेखि नै प्रतियोगिता हुने आयोजकको दावी छ । ’उद्घाटन कार्यक्रमका लागि अतिथिहरू अलिक ढिलो आउनु भएकाले कार्यक्रम सुरु गर्नै ढिलो भयो । सांस्कृतिक कार्यक्रम देखाउनेले ५ मिनेट भन्नु भएको थियो ७\८ मिनेटसम्म लगाउनु भयो । १ सय ५ जनालाई आसन ग्रहणका लागि सम्बोधन गर्दा त्यहाँपनि केही ढिलो भयो। रेडपाण्डा को मस्कट मैदानमा प्रवेश गर्न ढिला भयो । नृत्य, गायन, झाकी समेत गर्दा ढिलो भएको हो । मङ्गलवार देखि एक मिनेटपनि ढिलो हुदैन“ लाखेजात्रा खेल सञ्चालक समितिका सचिव टिकेन्द्र नेपालीले भने ।
अरुको मन्तव्य नराखेको आयोजकले भने स्वागत मन्तव्य र समापन मन्तव्य राखेका थिए ।